हाम्रो बारेमा

वि सं २०३८ मा रमणीय पौराणिक तथा ऐतिहासिक डोटी जिल्लाको केन्द्र भागमा नगरपालिकाको स्थापना कोट भैरव तथा सिलगढी गाउँ पञ्चायतका साथै तिखा र रानागाउँ ,गाउँ पञ्चायत अन्तर्गतका केही गाउबस्तिहरुलाई समेत समावेश गरी आरम्भमा दिपायल नगर पञ्चायतको नामबाट भएको हो। त्यस पछि वि सं २०४७ मा भवँर डाँडा र तिखा गाउँ विकास समितिहरुलाई समेत समावेश गरी नगर क्षेत्रलाई १४ वडामा विस्तार गरिनुको साथै "दिपायल सिलगढी" नगरपालिका नामाकरण गरियो। यस प्रकार दिपायल सिलगढी क्षेत्रले नगरमा प्रवेश गर्ने शुभ अवसर पाउनुका कारक तत्वहरुमा पौराणिक तथा ऐतिहासिक महत्व,नगरीकरणको विस्तार र अनुकुल पर्याबरण आदि छन्। जिल्लाको केन्द्र भागमा नगर क्षेत्र विशाल भू-भागमा फैलिएको छ। भौगोलिक विकटताको साथै ग्रामीण क्षेत्रको बाहुल्यतामा आफ्नो श्रोत र साधन पर्याप्त नभएको नगरक्षेत्रहरुको अग्र पंक्तिमा रहेपनि प्राकृतिक स्वच्छता,पौराणिकता र ऐतिहासिकता आदिले गर्दा नगरक्षेत्रको गरिमामय पृष्ठभूमिलाई नकार्न सकिदैन।